Comments Add Comment

बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुन्छः उर्जामन्त्री शाही

'विद्युत महशुल भुक्तानी एक हप्ताभित्रै अनलाइनबाट सुरु हुन्छ'

१२ साउन, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मुआब्जाको समस्या छिट्टै हल गर्ने उनले बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले भने, ‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल खारेज गर्छौं ।’ मुआब्जाका लागि करिब ६० अर्ब चाहिन्छ । १६ अर्ब मुआब्जा रकम निकासा भइसकेको छ भने अहिले १० अर्ब निकासाको तयारीमा रहेको मन्त्री शाहीले बताए ।

मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर, काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

उनले विद्युत क्षेत्रको विकासका लागि उर्जा उत्पादनमा वृद्धि गरिने जनाए । मन्त्रीशाहीले अब लोडसेडिङ नहुने समेत जिकिर गरे ।

ट्रान्समिसन लाइन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ नहुने दाबी गरे ।

शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताए । विद्युत व्यवस्थापन गर्न कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए ।

उर्जामन्त्री शाहीले एक हप्ताभित्रै विद्युत महशुल कारोबार अनलाइन डिजिटल प्रणालीमा अघि बढाउने समेत बताए । उनले भने,’एक हप्ताभित्रै अनलाइनबाटै पेमेन्ट सुरु हुँदैछ, यसको लागि मैले निर्देशन दिइसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment