+
+
Shares

पाकिस्तानमा पञ्चायतले दियो किशोरीको बलात्कार गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते १६:४७

पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । युवतीको दाइले एउटी बालिकामाथि बलात्कार गरेका थिए, र त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ ।

प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ ।

प्रहरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा (गाउँको पञ्चायत) ले सजायको रुपमा १६ वर्षकी किशोरीको बलत्कार गर्ने आदेश दियो किनकी उनको दाइले १२ वर्षकी बालिकाको बलात्कार गरेको थियो ।’

अधिकारीका अनुसार एक व्यक्तिले यही महिना जरगामा न्यायको याचना गरेका थिए कि उनकी १३ वर्षीया बहिनीको उनको काकाको छोराले बलात्कार गरे । यसको सजायका रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तको बहिनीमाथि बलात्कार गर्न आदेश दिएको थियो र उनले बलात्कार पनि गरे ।

पाकिस्तानी पत्रिका ‘डन’ का अनुसार किशोरीलाई मानिसहरुको अगाडि उपस्थित हुन लगाइयो र त्यसपछि उनको आमाबुबा र सबै मानिसहरुकै बीचमा बलात्कार गरियो । दुवै केटीहरुका आमाले यसको विषयमा प्रहरीमा उजुरी गरे । मेडिकल परिक्षणबाट दुवै केटीहरुमाथि बलात्कार भएको पुष्टि भयो ।

प्रहरीले २५ व्यक्तिहरुमाथि मुद्दा दर्ता गरेको छ भने १२ वषिर्या बालिकाको बलात्कार गर्ने युवक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?