‘२ रुपैयाँ’को कथालाई लिएर तयार पारिएको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कमेडी कथामा तयार भएको चलचित्रको रमाइलो ट्रेलर रिलिज गरिएको हो ।
अशिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारि, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको ‘कुटुमा कुट कुटु’ बोलको गीतले अहिले चर्चा पाइरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा यो गीतकी मोडल नायिका स्वस्तिमा खड्काले आफू श्रीमान् निश्चल बस्नेतको अनुपस्थितीमा कार्यक्रममा आएको बताइन् ।
निर्देशक अशिम शाहले चलचित्र निर्माण गर्ने सोच २ बर्ष अगाडि आएको बताए । एउटा पूर्ण मनोरञ्जन दिने चलचित्र निर्माण गरेको निर्माणपक्षले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4