Comments Add Comment

भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु

१५ साउन, भोजपुर । अरुण गाउँपालिका-३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा अनुसन्धान गति सुस्त भएकोमा चौतर्फी बिरोध हुन थालेपछि शनिबारदेखि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

असार १० गते घरबाट हराएका बालबालिकाहरुको १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा शव भेटिएको थियो । घटना लगत्तै जिल्ला र विराटनगरस्थित क्षेत्रीय प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरे पनि लामो समयसम्म घटना रहस्यमय नै रहनुमा स्थानीय र सरोकारवालाले विरोध जनाइरहेका छन् ।

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई चाँडो कानुनको दायरामा ल्याउन राजकुमार खत्रीको संयोजकत्वमा स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले दबावस्वरुप विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

स्थानीय तह निर्वाचनको संघारमा घटना भएको तथा त्यस क्षेत्रमा सेना, प्रहरीको वाक्लो उपस्थिति रहेका बेला यस्तो जघन्य अपराध हुनुले घटना निकै शंकास्पद बनेको अधिकांश बताउँछन् ।

संघर्ष समितिले स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेना, प्रहरी, कर्मचारी, स्थानीयवासी सबैलाई अनुसन्धानको घेरामा ल्याउन अनुरोध गरेको छ ।

प्याउलीमा गत असार १२ गते बिहान स्थानीय रवीन्ऽ सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए ।

शवको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार तीनै जना बालबालिकाको घाँटीमा बिषसहितको चुइङगम अडि्कएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment