+
+

मप विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयमा तोडफोड

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ साउन १५ गते १३:१६


१५ साउन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

नियम विपरित निजी क्याम्पसहरुलाई सम्बन्धन दिन लागेको लगायतका मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेको हो ।

आन्दोलनकै क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिलबहादुर शाहीलाई सार्वजनिक मुद्दा चलाएपछि थप आक्रोसित भएका विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् ।

आर्थिक चलखेलमा व्यक्तिगत लाभको नियतले नियम विपरित निजी सम्बन्धन दिने लगायत विद्यार्थीका जायज माग प्रति विश्वविद्यालय पदाधिकारी संवेदनशील नबनेको विद्यार्थीहरुको आरोप छ ।

शान्तिपूर्ण रुपमा विश्वविद्यालयको कार्यलयहरुमा लगाइएको ताला तानाशाही र दादागिरी शैलीबाट खोलेर वार्ता र संवादको वातावरण विगारेको भन्दै तोडफोड गरिएको नेविसंघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले बताए ।

‘जायज माग पूरा गर्न विद्यार्थीहरुले लगाएको ताला एकलौटि रुपमा पटक फोडेकोले चेतावनी स्वरुप साथीहरुले त्यसो गरेका हुन्,’ कोषाध्यक्ष रिमालले भने,’वार्ताको वातावरण विगारेपछि आक्रोसित विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।’

माग पूरा गर्ने तर्फ कुनै पहल नगरी विद्यार्थीहरुलाई झनै आक्रोसित बनाउने काम भएको भन्दै उनले यसरी समस्या समाधान नहुँने बताए ।
समस्या समाधान गर्न नेविसंघको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नेतृत्वमा कार्यालयमा पुगेको बेला कर्मचारिहरुले धम्किपूर्ण भाषा बोलेको विद्यार्थीको आरोप छ ।

निजी कलेजलाई सम्बन्धन दिने तयारी खारेज गर्नेलगायतका मागसहित मध्यपश्चिम विश्वविद्यालयमा विगत २ महिनादेखि विद्यार्थीहरु आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?