Comments Add Comment

बलिउड अभिनेत्रीबाट सिकौं, कसरी भद्दा शरीरलाई स्लिम र आकर्षक बनाउने ?


‘दबंग गर्ल’ सोनाक्षी सिन्हा जब फिल्म क्षेत्रमा आएकी थिइनन्, त्यसबेला उनको तौल ९० केजीको थियो । सोनाक्षीले भनेकी छिन्, ‘म खानमा सौखिन थिएँ । त्यही कारण मेरो तौल धेरै बढ्यो ।’ उनले आफ्नो शरीरका लागि कति खानेकुरा आवश्यक छ भनेर सोचिनन् । मन लागेको जति जथाभावी खाइन् । ‘मेरो शरीरको अनियन्त्रित तौल घटाउनु सामान्य कुरा थिएन’ सोनाक्षीले भनेकी छिन् ।

जसै उनले बलिउड डेब्यु गरिन्, त्यो माटो एवं भद्दा शरीर थिएन ।  प्रशंसकलाई कहि भद्दा लागेन, उनको आकर्षक जीउडाल । कसरी उनले आफुलाई यसरी रुपान्तरण गरिन् त ?

सोनाक्षीले भनेकी छिन्, ‘मैले नियमपूर्वक खाना खान थाले । साथसाथै व्यायाम गर्न थालें ।’

सोनाक्षीको डाइट चार्ट

सोनाक्षी कम कार्बोहाइड्रेट र उच्च प्रोटिनयुक्त आहारलाई प्राथमिकता दिन्छिन्, जसले गर्दा शरीरमा अतिरित्त क्यालोरी एकत्रित हुन नपाओस् । दिनमा तीन पटक ग्रीन टि पिउँछिन् । उनी थोरै समयको अन्तरमा प्रोटिनयुक्त आहार खान्छिन् । पर्याप्त पानी पिउँछिन् । यसले उनको छालाको चमक त बढ्छ नै, पाचन शक्ति पनि ।

व्यायाम

सोनाक्षी क्यालोरी घटाउनका लागि स्पिन क्लासेज लिन्छिन् । वेट ट्रनिङ र कार्डियो व्यायाम गर्छिन । साइक्लिङ, स्विमिङ र टेनिस खेल्छिन् । यो उनको नियमित दिनचर्याकै एउटा हिस्सा हो । कोमल र लचिलो शरीरको लागि उनी हट योग पनि गर्छिन् ।

सोनम कपुर


भनिन्छ, सोनम कपुर एक दिनमा दर्जन बढी समोसा खान्थिन् । उनले बलिउड इन्टि्र गर्नुअघिको कुरा हो यो । अहिले उनको छरितो शरीर हेर्दा त्यस्तो लाग्दैन कि, उनी कुनै समय मोटी र भद्दा थिइन् । जबकी उनी ८६ किलोकी थिइन् । पछि उनले स्वस्थ्य दिनचर्या पालना गरिन् । सन्तुलित खानपान र व्यायाममा जोड दिइन् । परिणामतः आकर्षक शरीर पाइन् ।

सोनमक म कार्बोहाइड्रेट र धेरै प्रोटिन भएको खानेकुरा दिनमा पाँच पटक थोरै-थोरै मात्रामा लिन्छिन् । उनलाई स्न्याक्समा रुची छैन । भोक लागेको बेला ड्राइ फुड्स र मिल्क शेक्स लिन्छिन् । उनी नरिवल पानी, जुस, कांक्रा पर्याप्त सेवन गर्छिन् । उनी वर्कआउट पछि ब्राउन ब्रेडसँग अन्डाको सेतो भाग खाने गर्छिन् । त्यसपछि प्रोटिन शेक र जुस लिने गरेकी छिन् । मध्यन्हको खानामा दाल, सब्जी, रोटी, सलाद र चिकन वा माछा हुन्छ । रातको खानामा भने केवल सूप, सलाद र चिकेनको एक टुक्रा सेवन गर्छिन ।

उनी हरेक दिन एक गिलास पानीमा मह र कागति मिसाएर सेवन गर्छिन् ।

सोनम नियमित व्यायाम गर्छिन् । उनी योग गर्छिन् । कुनैबेला खानेकुरामा मात्र ध्यान दिने सोनम अहिले व्यायाममा लगाव राख्छिन् । त्यही कारण उनको शरीर छरितो, लचिलो र आकर्षक छ । उनी कार्डियोभेस्कुलर एक्सरसाइजसँगै वजन प्रशिक्षण गर्छिन् । हरेक दिन ३० मिनेट कार्डियो एक्सरसाइज गर्छिन् ।

जरीन खान


जरीन खान तौल नियन्त्रण राख्नका लागि आफुलाई भोको राख्दैनन् । उनी भन्छिन्, सबै कुरा खानुपर्छ तर आफुमाथि संयम जरुरी हुन्छ । उनी उच्च प्रोटिनयुक्त आहार लिने गरेकी छिन्, जसमा सब्जि र जुस प्रमुख हुन्छ । पानी उनको फिटनेसको मन्त्र हो ।

जरीन खानले आफुलाई कसरी फिट एन्ड फाइन राखेकी छिन् त ?

यसमा उनको खानपान र व्यायामले खास काम गरेको छ । उनी सन्तुलित, स्वस्थ्य र नियमित खानेकुरा सेवन गर्छिन् । साथै व्यायाम पनि नियमपूर्वक र नियमित गर्छिन् ।

जरीन नास्तामा अन्डाको सेतो भाग, ब्राउन ब्रेड टोस्ट र फल एक कचौरा अंकुरित गेडागुडी सेवन गर्छिन् । मध्यन्हको खानामा ब्राउन राइस, सब्जी, चिकेन र राती एक प्लेट सलाद, उसिनेको सब्जी एवं गि्रल्ड चिकन सेवन गर्छिन् । जरीन हरेक दुई घण्टामा केहि न केहि अंकुरित गेडागुडी खाइरहेकी हुन्छिन् । उनी नरिवल पानी पर्याप्त मात्रामा पिउने गर्छिन् ।

जरीन फिटनेसका लागि पिलेट्स, वजन प्रशिक्षण, कार्डियो व्यायाम, जगिङ, स्पिनिङ गर्छिन् । उनी आफ्नो दिनको सुरुवात पिलेट्सका साथ गर्छिन् । मोटाकोलिज्म बढाउनका लागि स्विमिङ र जगिङ गर्छिन् । हप्तामा तीन पटक वजन प्रशिक्षण गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment