Comments Add Comment

योजना आयोगको उपाध्यक्षबाट श्रेष्ठले दिए राजीनामा


१६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा दिएका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि गरेकोे छन् ।

श्रेष्ठ योजना आयोगमा आउनुअघि राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए । उनी माओवादी निकट मानिन्छन् ।

नयाँ सरकार आएपछि प्रधानमन्त्रीलाई सघाउन योजना आयोगका उपाध्यक्षले राजीनामा दिने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment