
१८ साउन, काठमाडौं । चीनले डोक्लाम विवादलाई लिएर १५ पेज लामो वक्तव्य जारी गर्दै भारतलाई आफ्ना सेना तत्काल पछि हटाउन कडा चेतावनी दिएको छ । भुटानलाई बहाना बनाएर भारतले चिनियाँ भूमिमाथि दावी गर्न खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
बेइजिङको भुटानसँग कुनै समस्या नरहेको र सीमाको मामलामा दुवै पक्ष संवादमा रहेको उल्लेख गर्दै चीनले यो भारतको चासोको विषय नभएको पनि बताएको छ । दोक्लाममा सडक निर्माणबारे भारतलाई पहिल्यै सुचित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चीन, भारत र भुटानको त्रिदेशीय विन्दूमा निर्माणाधिन सडकले नयाँ दिल्लीलाई गम्भीर सुरक्षा चुनौति थप्ने भारतीय दावीलाई चीनले खारेज गरेको छ ।
‘सुरक्षा चिन्ताको नाममा छिमेकी देशको सीमाभित्र घुसेर कुनै पनि गतिविधि गर्नुले अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्वन्ध परिचालन गर्ने आधारभूत मान्यताहरुको उल्लंघन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि सार्वभौम राष्ट्रले यसलाई सहन सक्दैन ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘चीन-भुटान सीमा विवाद भनेको चीन र भुटान बीचको हो । भारतको यसमा कुनै सरोकार छैन । तेस्रो पक्षका रुपमा यसमा हस्तक्षेप गर्ने अधिकार भारतले राख्दैन ।’
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4