Comments Add Comment

तयार भयो बुटवल उपमहानगरको कार्यविधि

नगरसभा संसदीय ढाँचामा सञ्चालन गरिने

१९ साउन, बुटवल । स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ ।

नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले उपमहानगर कार्यविधि तय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । नगरसभा पुर्णतया संसदीय ढाँचामा सञ्चालन गरिने कार्यविधि तय गरिएको छ । उपमहानगरको पहिलो नगरसभा यही साउन ३२ गतेदेखि सुरु हुने भएको छ ।

नगरको विकासमा गुणस्तरियता नभएको भन्ने पटकपटकको जनताको गुनासो आउने गरेको भन्दै विकास निर्माणमा गुणस्तरियता कायम गर्न परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय भएको प्रवक्ता रेग्मीले जानकारी दिए । ।

यस्तै, नगर कार्यपालिकाको बैठकले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ । यस्तै, उपमहानगरपालिकाको कार्य सञ्चालनका लागि विभिन्न ६ विषयगत समितिसमेत गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

यस्तै, बैठकले बुटवल अटो भिलेज पूर्वाधार विकास आयोजनाको ठेक्का स्वीकृत गर्नुका साथै अटो भिलेज कम्पनी लिमिटेडको सञ्चालक समितिमा वडा नं २ का अध्यक्ष रमेश नेपाल र वडा नं ११ का अध्यक्ष रामचन्द्र खनाललाई पठाउने निर्णय गरेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment