+
+
Shares

बबर्इले चेतावनी तह नाघ्यो, सतर्क रहन प्रशासनको अपील

कान्द्रा नदी घुम्नीभाकलमा पस्दा १५० घर चुर्लुम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १०:०९

२० साउन, कैलाली । गएरातिदेखिको लगातार वर्षाले कर्णाली र बबर्इ नदीको सतह बढ्दा कैलाली र बर्रदीयाका विभिन्न भू–भाग डुबानमा परेका छन् ।

बर्दीयामा पर्ने बबर्इ नदीमा पानीको सतह बढेर ५.३२ मिटर पुगेको छ । बबर्इ नदीको चेतावनी सतह ५.५ हो । पानीको सतहले चेतावनीभन्दा माथी पुगेपछि दैवि प्रकोप उद्दार समिति बर्दियाले सतर्क रहन अाग्रह गरेको छ ।  बबर्इ नदीले चेतावनीको तह नाघेपछि स्थानीय त्रसित भएका छन् ।

कर्णालीको सतह बढेर ९.८७ मिटर पुगेको छ । यो चेतावनी नजिक हो । कर्णालीको चेतावनी सतह १०.८०  मिटर हो । पानीको सतह बढेपछि स्थानीयवासी त्रसित भएका छन् ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका-१० घुम्नीभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् । ठूलो संख्यामा घरहरु डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन ।

डुबानमा परेका करिब ७० भन्दा बढी घरमा भने क्षति पुगेको छ ।

यो क्षेत्रमा २०६४ असोज ४ गते आएको बाढीले राजमार्ग नै बगाएको थियो भने सयौं घरधुरी यसरी नै डुबानमा परेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले डुबानमा परेका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको बताउँदै नेपाल रेडक्रस सोसाइटी, इलाका प्रशासन कार्यालय सुखड र प्रहरीको सहयोगमा उद्दार जारी रहेको बताए । उनले डुबानका कारण सो क्षेत्रमा दर्जनौं पशुचौपायाको मृत्यु भएको जानकारी दिए ।

स्थानीयहरुले मरेको पशुचौपायाका कारण रोग लाग्न सक्ने भन्दै प्रशासनलाई सो क्षेत्रबाट मरेका पशुचौपाया हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उता, कैलालीको पूर्वी क्षेत्रमा समेत डुबानको संकेत देखिएको छ । जलमापन केन्द्रले कर्णालीको सतह बढेको भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ

कर्णाली नदीका कारण कैलालीको दक्षिणी क्षेत्र टीकापुर, धनसिंहपुर, नारायणपुरलगायतका क्षेत्र उच्च जोखिममा पर्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?