२० साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रथम वाषिर्क साधारण सभा भएको छ । संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा साधाररणसभा भएको हो ।
साधारणसभाले आव २०७२/०७३ को वाषिर्क प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ । साधारणसभामा अध्यक्ष किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको बताए ।
मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले हाल १० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले निकट भविष्यमै कारोबार संचालन गर्ने बताए ।
साधारणसभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केसब प्रसाद लम्साल, देबेन्द्र रमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायब महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, टेकराज जोशी, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनीधि लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव बिष्नु प्रसाद कंडेलले सहजीकरण गरे ।
प्रतिक्रिया 4