Comments Add Comment

प्रभु बैंकको नाफामा ५३ प्रतिशत वृद्धि, राइट व्याक उच्च


२० साउन, काठमाडौं । गत आव २०७३/७४ मा प्रभु बैंकको नाफा ५३ प्रतिशतले बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब १४ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी २९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १९ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ४५ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको १ अर्ब ७२ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम बढाएर ३४ करोड ९८ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.२९ प्रतिशत रहेको छ भने प्रावधान ९४ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको छ । सेयरमा प्रतिफल बढेको छ । यो दर २२.२२ प्रतिशत छ । प्रतिसेयर आम्दानी २९.७८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती २ अर्ब ६ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग २३.७१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ३३ प्रतिशतले बढेर ८१ अर्ब र कर्जा लगानी २८ प्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.१० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.५१ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात ११.०५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १४ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा २ अर्ब ३६ करोड, ओभर ड्राफ्ट शीर्षकमा २० अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment