+
+

मधेसको कथा उठाएको ‘संरक्षण’ सुटिङ गर्न सजिलो थिएन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १४:५७


आउँदो साता चलचित्र ‘संरक्षण’ रिलिज हुँदैछ । नेपाली बक्स अफिसमा हिन्दी चलचित्र कमजोर बन्दै गएको समयमा नेपाली चलचित्र बलियो बनिरहेका छन् । यसले, नेपाली चलचित्र क्षेत्रलाई खुशी दिएको अवश्य पनि छ । यही, मेसोमा बलिउड नायक अक्षय कुमारको चलचित्रसँग ‘संरक्षण’ रिलिज हुँदैछ ।

मल्टिस्टार कलाकारलाई लिएर तयार भएको यो चलचित्रसँग धेरै कुराहरु जोडिएका छन् । विरगञ्जको मध्यगर्मीमा धेरै कलाकार लिएर यो चलचित्र छायांकन भएको थियो । सौगात मल्ल, निखिल उप्रेती, मलिना जोशीको व्यस्तताले पनि चलचित्र छायांकन एउटै गतीमा अगाडि बढ्न सकेको थिएन । चलचित्रको प्रमोशनमा पनि कलाकारहरुको आफ्नै सेड्यूल भैदिदा केही अप्ठ्यारो देखिएको छ ।

चलचित्रको निर्माण टिममध्येका एक हेटौडा मुभी मेकरका सुशान्त श्रेष्ठ भन्छन्-‘निकै ठूलो कठिनाइका विच चलचित्रको छायांकन सम्पन्न भएको थियो । कहिले पुरै बाटो नै बन्द गर्नुपर्ने त कहिले कलाकारको समय मिलाउन गाह्रो । हामीले, मिहिनेतका साथ एउटा उत्कृष्ट चलचित्र बनाएका छौ ।’

नेपाली चलचित्रमा मधेसी पात्र हिट छन् । कामेश्वर चौरासियादेखि नाजिर हुसेनले मधेसी पात्रको भूमिका निर्वाहा गरेरै चर्चा कमाएका थिए । उनीहरु सर्वाधिक व्यस्त कलाकार भैसकेका छन् ।

यो चलचित्रले भने मधेसको कथालाई नै उठान गरेको छ । निर्माणपक्ष भन्छ-‘हामीले मधेसको कथा उठान गरेपनि यसले कसैको भावनामा चोट भने पुर्‍याउँदैन । बरु, चलचित्र हेरेपछि बहसको वातावरण भने बन्न सक्छ ।’

निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, रमेश रञ्जन, श्वेता झा, कृष्ण सिंह, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई पूर्नेन्दु झाले निर्देशन गरेका हुन् । नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, श्वेता शाह, नन्दु श्रीवास्तवले चलचित्रमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?