Comments Add Comment

नेपाल पर्यटन पत्रकार संघ जाजरकोटको अध्यक्षमा सिंह

२० साउन, जाजरकोट । नेपाल पर्यटन पत्रकार संघ, जाजरकोट शाखाको पहिलो अधिवेश सम्पन्न भएको छ ।

उक्त अधिवेशनले सुरेन्द्र सिंहको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष बन्द्री पन्त, महिला उपाध्यक्ष सपना वली, सचिव दीपबहादुर घर्ती मगर, खुल्ला सहसचिव पवन शर्मा, महिला सहसचिव निर्मला शर्मा, कोषाध्यक्ष तिर्थराज बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्य नरेश राना, सरोज वली, नवराज शाही, ज्योतिखर शर्मा, रेशम खड्का र विष्णु नेपाली रहेका छन् ।

नेपाल पर्यटन पत्रकार संघका केन्ऽीय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पर्यटन पत्रकार संघका अध्यक्ष सुरेन्द्र सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा लगाएत जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, उद्योग वानिज्य संघका अध्यक्ष कमानबहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंह र जिल्ला स्थित सरोकारवाला निकायको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment