Comments Add Comment

अष्ट्रेलियामा पूर्व प्रम नेपालले भने-नेपालको विकासको लागि प्रवासी नेपालीको भूमिका महत्वपूर्ण

४ अगस्ट, सिड्नी । अस्ष्ट्रेलिया आएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपालले प्रवासी नेपालीहरुलाई आफ्नो देशको विकासको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

नेपालको विकासको लागि प्रवासमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले प्रवासमा रहेको प्रतिभावान नेपालीहरुले नेपाललाई सहयोग गर्ने पर्ने संकेत गरेका हुन् ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले विदेशमा नेपालीहरुको प्रगति देखेर आफू खुसी भएको तर स्वदेशमा प्रतिभाशाली व्यक्तिको कमी हुँदा दुःखी हुने । लाग्ने गरेको बताए ।

नेपालको विकासका लागि पूर्वाधार विकाससंगै कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्नु पर्ने भन्दै नेपालले त्यसको विकासका लागि प्रवासी नेपालीहरुको महत्वपूर्ण भूमिका हुने बताए । ‘नेपालमा पूर्वाधार विकास संगै, कृषि, पर्यटन र सूचनाव प्रविधिको विकास गर्न जरुरी छ,’ नेता नेपालले भने,’त्यसका लागि तपाईहरुको भूमिका महत्वपूर्ण छ ।’

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले अष्ट्रेलियामा भएका नेपालीहरुले आआफ्नो क्षमता अनुसार आफ्नो देशको विकासको लागि योगदान गर्न अनुरोध गरिन् ।

हालै मात्र अष्ट्रेलियाकै खेम शर्माले त्रिभुवनविमान स्थलको सरसफाइ गरी र्फकेको उदाहरण दिदै राजदुत शेर्पाले अरुलाई पनि आफ्नो ज्ञान र सीपलाई नेपालका लागि पनि खर्चिन अनुरोध गरिन् ।

सोही कार्यक्रममा न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दीपक खड्काले नेपालमा राजनीतिक स्थिरता भए आफूहरु पनि गएर योगदान गर्न उत्सुक रहेको बताए ।

कार्यक्रममा एनआरएनएका संरक्षक इन्द्रा वनले नेपालको विकासलाई अब युवा नेतृत्वलाई अगाडि सार्न दलहरुलाई अनुरोध गरिन् ।

यस्तै आफ्नो आविष्कार केन्द्रका लागि सहयोग जुटाउन भन्दै अष्ट्रेलियाका आएका महावीर पुनले प्रवासका नेपालीहरुले नेपालको लागि बुद्धि, समय र धनको दान गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले अष्ट्रेलियावासी नेपालीहरुका तर्फबाट पूर्व प्रधानमन्त्री नेपाल र अतिथीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रम प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment