Comments Add Comment

भरतपुर १९ को मतगणना सुरु, दलका प्रतिनिधि तार जालीभित्र

२० साउन, चितवन । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ । सबै पार्टीबाट चार-चार जना प्रतिनिधिलाई बस्न दिइएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा छ । दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तार जालीले बेरिएको छ । निगरानीका लागि सीसी टिभीको समेत व्यवस्था गरिएको छ ।

गत जेठ १५ गते वडा नम्बर १९ को मतगणना हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि शुक्रबार पुनः सो वडामा मतदान गरिएको हो । मतदानमा २ हजार ८७० मत खसेको छ । वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । अन्तिम नतिजा शनिबार अपरान्हभित्रै सार्बजनिक हुने अनुमान गरिएको छ ।

वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment