Comments Add Comment

डा. केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की सडकमा उत्रिइन्


२१ साउन, काठमाडौं । १३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् ।

डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा कार्की पनि सहभागी भएकी हुन् । ‘म केसीसँगै छु’ भन्ने ब्यानर बोकेर मानवअधिकारकर्मी कृष्ण पहाडी, सुवोधराज प्याबुरेल लगायत पनि सहभागी छन् ।

चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने लगायतका माग राख्दै डा. केसी आमरण अनसनमा बसेका छन् । शुक्रबार मात्र प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेर डा. केसीलाई अनसन तोड्न आग्रह समेत गरेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment