२२ साउन, काठमाडौं । नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ । नेपालको विद्यमान कानूनमा निजी प्रयोजनका लागि हवाईजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो । यसबाट नेपालका धनाढ्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।
हाल मस्यौदाकै चरणमा रहेको नियमावलीले पुरानो व्यवस्था हटाउँदै नयाँ प्रावधान लागू गर्न लागेको हो । मन्त्रालयले पहिलोपटक ल्याउन लागेको उक्त नियमावली केही साताभित्रै कानून मन्त्रालय पठाउने तयारीसमेत गरेको आजको कारोबार दैनिकले लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4