+
+

‘आइ लभ यू’, एक करोड पटक हेरिएपछि केक काटेर सेलिव्रेशन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते ११:२०


नेपाली चलचित्रका गीतसंगीतले त युटुबमा १ करोड भन्दा बढी भ्यूज पाएको कुरा अब नौलो रहेन । तर, आधुनिक गीतसंगीतले १ करोड भन्दा बढी भ्यूज पाउनु आफैमा सकारात्मक कुरा हो ।

‘तिमीलाई देखेपछि आइ लभ यू भन्न मन लाग्यो’ बोलको गीतले पनि युटुबमा एक करोड भ्यूज पाएपछि केक काटेर सेलिव्रेशन गरिएको छ । सरोज ओली र इन्दिरा जोशीको आवाज, दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीतमा तयार भएको यो गीत सार्वजनिक भएको ७ महिनामा १ करोड भन्दा बढी पटक हेरिएको हो ।

सोही अवसर पारेर केक काट्दै १ करोड भ्यूजको सेलिव्रेशन गरिएको हो । कार्यक्रममा बोल्दै गीतकार थपलियाले विभिन्न ७ तत्वका कारण यो गीत करोड भन्दा बढी पटक हेरिएको बताए । उनले, आफूले मनको भावना कोर्ने गरेको सुनाए । यस्तै, गायक ओलीले १ करोड भन्दा बढी दर्शकले गीत हेरिदिनुभएको भन्दै सबैलाई धन्यवाद दिए ।

यो गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, पल शाहको मोडलिङ छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् । अर्जुन पोख्रेलले यो भिडियोको सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?