Comments Add Comment

दोस्रो पाथीभरा गोल्डकप फुटबल सुरु

ताप्लेजुङको विजयी सुरुवात

२२ साउन, ताप्लेजुङ । दोस्रो पाथीभरा गोल्डकप फुटबल आइतबारदेखि सुरु भएको छ । उदघाटन खेलमा घरेलु टोलीले बिजयी सुरुवात गरेको छ ।

ताप्लेजुङ जिल्ला फुटवल संघको प्राविधिक सहयोग तथा लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा भएको प्रतियोगितामो उदघाटन फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले गरेका हुन् ।

आइतबार भएको पहिलो खेलमा ताप्लेजुङले विजयी सुरुवात गरेको छ । नव प्रयास युवा क्लव ताप्लेजुङ र रेड हर्स क्लव इलामबीच भएको खेलमा इलामलाई ताप्लेजुङले ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा दुबै टिमबाट गोल हुन नसके पनि दोस्रो हाफमा ताप्लेजुङले इलामको पोष्टमा तीन गोल गर्न सफल भयो । ताप्लेजुङका लागि क्रिस राई, मुकेश लिम्बु र सुनील नाल्वोले गोल गरे ।

विजयी ताप्लेजुङले मंगलबार पथरी स्र्पोटिङ क्लवसँग खेल्नेछ । नकआउटको आधारमा खेलाइएको खेलमा ताप्लेजुङका २ टिम र जिल्ला वाहिरको ८ टिम गरी १० टिमको सहभागिता छ ।

साउन ३० गतेसम्म चल्ने प्रतियोगितामा दैनिक एक खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उप विजेताले १ लाख ११ हजार १ सय ११ नगद पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment