+
+
Shares

पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते ६:४०


२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेमा आशंका बढेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ एक्सपर्ट) को पहिलो बैठकमा नेपालले भारतले दाबी गर्दै आएका प्रस्तावलाई खण्डनसहित पुरानो अडान कायम राख्ने भएको हो ।

भारतले असार अन्तिम साता नेपाललाई डीपीआरबारे पत्राचार गर्दै तल्लो शारदाको पानीको हिसाब गर्न नपाइने र पञ्चेश्वरको माथिल्लो तटीय भागमा पर्ने पानीको परिमाण घटाई पञ्चेश्वर आयोजनाको विद्युत्त उत्पादन क्षमता ४८०० मेगावाट मात्रै हुने जनाएपछि नेपालले असन्तुष्टि व्यक्त गरेको उर्जा मन्त्रालयका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?