Comments Add Comment

आधा दर्जन छोटी भन्सार बन्द

२३ साउन, मोरङ । माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालन हुन सकेका छैनन् ।

 

छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ । अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो । तत्कालीन माओवादीले २०५१ सालमा यता २०६० सालसम्म बम विस्फोट गराएर वा त्रासका बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

 

मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र मझारेका छोटी भन्सार बन्द छन । मोरङका ६ वटा भन्सार कार्यालयको काम सञ्चालन नहुँदा राजश्व खेर गइरहेको छ । विराटनगर भन्सार कार्यालय विराटनगरका निमित्त प्रमुख दिलीप केसीका अनुसार भारतीय प्रहरीले नाकामा कडाइ गरेकाले सो क्षेत्रको बाटो हुँदै भारतबाट सामान आयात नहुने भएकाले छोटी भन्सार सञ्चालन नगरिएको हो ।

 

बन्द भएका छोटी भन्सारले वार्षिक कति राजश्व असुली गर्थे भन्ने तथ्याङ्क छैन ।

 

बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापना नहुँदा सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसार पसारमा वृद्धि हुँदै गएको स्थानीय सम्पत्तिलाल राजवंशीको भनाइ छ ।

 

उनले भने, “दिनहुँ मझारेको छोटी भन्सारको बाटो हुँदै भन्सार नतिरी सामग्री लगिरहेका छन्, म हेरिरहन्छु तर कसैले मतलब गर्दैनन् ।’  उनका अनुसार छोटी भन्सार सञ्चालन नहुँदा चोरी तस्करीले राजश्व गुमिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment