Comments Add Comment

मुलाको जुस पिउनुहोस्, स्वास्थ्यमा यस्तो परिवर्तन पाउनुहुनेछ


मुला । सजिलै पाइने । सस्तो पनि हुने । जहाँ पनि भेटिने । पकाएर खाए भो, काँचो खाए पनि हुने । सलादको रुपमा खान सकिने, तरकारीको रुपमा खान सकिने, अचारको रुपमा खान सकिने । बहुउपयोगी र गुणकारी खानेकुरा हो, मुला ।

मुलाको रस

हुन त मुलालाई त्यसै खाए पनि हुन्छ । साथै यसको रस बनाएर पिउन सकिन्छ । मुलाको रस पिउनु स्वास्थ्यका लागि बढी फाइदाजनक छ । किनभने, जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी अवशोषित हुन्छ ।

के पाइन्छ रसमा ?

मुलाको रसमा जिंक, कपर, फोलेट, क्याल्सियम, पोटोसियम जस्ता पोषक तत्व पाइन्छ । साथै यसमा भिटामिन ए, सी र बि-६ पनि पाइन्छ । मुलाको जुस सेवन गर्दा यी सबै पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्न सक्छ ।

के छ फाइदा ?

मुला एवं मुलाको जुस सेवन गर्नुको फाइदै फाइदा छन् । यसले पाचन यन्त्र चुस्त बनाउनेदेखि थुप्रै फाइदा गर्छ ।

१. राम्रो क्लिन्जर

मुलाको रस एकदमै राम्रो क्लिन्जर हो । यसले मुत्राशय, मृगौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध गर्छ । मुलाको रसले हानिकारक विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । मुलाको जुस पित्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ ।

२. इन्जाइम हुन्छ

मुलाको रसमा म्यारोसिनेस, एस्टि्रसिस, एमाइलेन्ज र डाइजेस्ट जस्ता केहि इन्जाइम हुन्छ । यसले फििफलोमाइल्जी जस्ता फंगल रोगको उपचार गर्छ ।

३. कब्जियतबाट छुटकारा

यसले पाचन क्षमता बढाउँछ । पित्तको प्रवाहलाई नियन्त्रित गर्छ । यदि तपाई कब्जियतको रोगी हुनुहुन्छ भने मुलाको रस तपाईको निम्ती निकै उपयोगी हुन्छ ।

४. एन्टि इन्फ्लेमेटरी गुण

मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी  गुणले मूत्र नली सफा गर्नका साथै मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ । मुलाको रस नियमित सेवन गर्दा मृगौलामा पत्थरी हुने समस्या पनि हुँदैन ।

५. दम रोगमा उपयोगी

अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्याले पीडित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको निम्ती मुलाको रस उपयोगी हुन्छ । यसले फोक्सोको श्लेष्म नष्ट गर्न सहयोग गर्छ ।

६. क्यान्सर फैलने क्रम रोक्छ

मुलाको रसमा एन्थाकायनिन र भिटामिन सि पाइन्छ । यसले क्यान्सरको कोसिका विकास हुन दिदैन ।

७. छालाको लागि

मुलाको रस छालाको लागि पनि फाइदाजनक हुन्छ । यसमा फस्फोरस, भिटामिन ए र सि हुन्छ । यसले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment