+
+
Shares

‘माग्ने’ले दीपालाई बोक्दा प्रदिप र अश्लेषाको डान्स (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते १३:३८

आज गाइजात्रा पर्व । गाइजात्रा पर्वमा विशेषगरि, हाँस्य कलाकारहरुले देशको समसामयिक परिस्थितीमा ब्यङ्ग्य गर्ने गर्छन् । काठमाण्डौको रेडियो अडियोले आयोजना गरेको ‘गाइजात्रा विशेष कार्यक्रम’मा चर्चित हाँस्य कलाकारहरुले दर्शकलाई हसाँए । काठमाण्डौको नयाँ बाँनेश्वरको सडकमा स्टेज बनाएर आयोजना गरिएको कार्यक्रममा चलचित्र ‘छक्का पन्जा २’की निर्देशक दीपाश्री निरौलालाई कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले जुरुक्कै बोके ।

दीपा, केदारको साथमा दीपकराज गिरी र जितु नेपालले पनि दर्शकलाइ हसाँएका थिए । नयाँ बाँनेश्वरमा कार्यक्रम हेर्न उभिएका दर्शकका अगाडि यो टिमले चलचित्रको प्रचार पनि राम्रैसँग गर्‍यो ।

यस्तै, चलचित्र ‘प्रेमगीत २’का नायक प्रदिप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता तथा कलाकार सन्तोष सेनले पनि दर्शकसँग साक्षात्कार गरे । चलचित्रको गीतमा प्रदिप र अश्लेषाले नृत्य समेत गरेका थिए ।

हाँस्य कलाकारहरु राजा राजेन्द्र, कमल गाउँले, गायक तथा संगीतकार टिका भण्डारीले देशको समसामयिक बिषयमा व्यङ्ग्य कसेका थिए । यसैविच, आजैबाट काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘गाइजात्रा कार्यक्रम’ पनि सुरु भएको छ ।

‘तिते-जिरे-ब्रेकफेल’ नाम दिएर आजबाट सुरु हुन लागेको कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । यस बर्षको गाइजात्रा विशेषको मुख्य कलाकारहरुमा दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण के.सी., मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेती, पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिस्मा मगरलगायत रहनेछन ।

तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?