२४ साउन,विराटनगर । विराटनगरमा गाई जात्रा पर्वको रौनता बढेको छ ।
केही वर्ष अघिसम्म सानोसानो समूहमा मात्र गाई जात्रा पर्व मनाइने भएपनि पछिल्लो समय भने यसको बिस्तारै महत्व बढदै गएको हो ।
मंगलबार झिपुच विराटनगरको आयोजनामा भव्य गाई जात्रा निकालिएको छ ।
वर्षभरी निधन भएका आफन्तहरूको स्मरण गर्दै विषेश गरी नेवारी समुदायले दिवगत आत्माको चिर शान्तिको कामनासहित गाई जात्रा निकाल्ने परम्परा रहेको छ ।
तर पछिल्लो समय सबै जातजाति तथा समुदाय गाई जात्रामा सहभागी हुन थालेपछि यसको विराटनगरमा यसको महत्व बढेको हो ।
विराटनगरको झीपुचको कार्यालयदेखि निकालिएको र्यालीले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो ।
मृतकका परिवारले सम्भव भएसम्म घरको सबैभन्दा कान्छो सदस्य छोरा भए छोरा नभए छोरीलाई सिंगारेर गाईको स्वरुप मान्दै विराटनगरमा भिक्षा माग्दै महानगर परिक्रमा गरिएको दृश्य देखिएको थियो ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया 4