Comments Add Comment

पहिलो वन रक्षक शहीद शाहीको परिवारलाई सहयोग

२५ साउन, जाजरकोट । गत वर्ष पुस १७ गते ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेश शाहीकी श्रीमति पवित्रा शाहीलाई ट्रेड युनियनले आर्थिक सहयोग सहयोग गरेको छ ।

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले शाहीकी श्रीमतिलाई झण्डै तीन लाख ७२ हजार २६९ रुपैयाँ ६२ पैसा सहयोग गरेको हो ।

जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले सहयोग रकम स्वर्गीय गणेशकी श्रीमती पवित्रालाई हस्तान्तरण गरेका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन मातहतका सबै कर्मचारीको एक दिनको तलब संकलन गरेर सहयोग गरिएको निजामती यूनियन जाजरकोटका अध्यक्ष बीरबहादुर चन्दले जानकारी दिए ।

शाहीका सन्तानलाई पालनपोषण, भरणपोष र शिक्षाका लागि सहयोग होस् भनी सहयोग गरिएको अध्यक्ष चन्दले बताए ।

स्वर्गीय शाहीलाई नेपाल सरकारले नेपालको पहिलो वन रक्षक शहीद यस अघि नै घोषणा गरिसकेको छ ।

सरकारले वनरक्षक शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गर्ने देशै भरिका वन रक्षकलाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिए ।

ताप्लेजुङको एक सामुदायिक वनमा वनको लगत सर्वेक्षण गर्ने क्रममा २०७३ साल पुस १७ गते शाहीको हत्या भएको थियो । उनका दुई छोरा र एक छोरी छिन् ।

नरेश रानामगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment