Comments Add Comment

सेयरसम्बन्धि सम्पूर्ण जानकारी मुलक सेवा दिन प्रभुको मोबाइल एप

 

२५ साउन, काठमाडौं । । प्रभु क्यापिटलले लगानीकर्तालाई छिटो तथा सरल तरीकाबाट लगानीका बारेमा जानकारी दिने उद्देश्यले मोबाईल एप्स सेवा सञ्चालनमा ल्याएको छ ।

 

यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । यसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो सेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने छन् ।

 

त्यस्तै, प्राथमिक सेयर निष्कासशन तथा थप निष्कासशन (एफपीओ) को नतिजामा परेको सेयरको जानकारी, बोनस तथा हकप्रद सेयर खातामा जम्मा भए नभएको बारे जुनसुकै स्थानबाट पनि हेर्न सकिनेछ ।

 

हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित सेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधा मार्फत लगानीकर्ताले पाउन सक्नेछन् ।

 

प्रभु क्यापिटलले सेयर रजिष्ट्रारको सेवा दिईरहेका कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद सेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनस सेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ ।

 

यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने प्रबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment