Comments Add Comment

यी पाँच लक्षणबाट बुझ्न सकिन्छ, शरीरमा भिटामिन कमी भएको


कहिलेकहि हामी आफ्नो शरीरमा हुने परिवर्तनलाई गंभिरतापूर्वक लिदैनौ । जस्तो छ, त्यसैलाई ठीकठाक ठान्छौ । तर, यसरी शरीरमा देखिने सबै परिवर्तनलाई नजरअन्दाज गर्न मिल्दैन । कतिपय अवस्थामा जटिल पनि हुनसक्छ ।

यदि अचानक शरीर पहेंलो हुन थाल्यो र ओंठको चमक एवं लाली हराउन थाल्यो भने बुझ्नुपर्छ भिटामिनको कमी भयो । अतः यहाँ केहि लक्षण बताइएको छ, जोे शरीरमा भिटामिनको कमी हुँदा देखिने गर्छ ।

१. शरीरमा पहेंलोपन

यदि अचानक तपाईको शरीर पहेंलो हुन थाल्यो भने त्यसले तपाईको शरीरमा भिटामिन बि- १२ को कमी भएको जनाउँछ । यसबाट बच्नका लागि तपाईले भिटामिन बि-१२ ले भरपुर खानेकुरा सेवन गर्नुपर्छ । जस्तो कि, अन्डा, समुन्द्री खाना, दुधजन्य परिकार आदि ।

२. रुखो केस

यदि तपाईको शरीरमा भिटामिन बी-७ कमी भयो भने केस रुखो हुन थाल्छ । यसबाट बच्नका लागि माछा, सब्जी, फल, च्याउ, दाल आदि खानुपर्छ ।

३. आँखा सुन्निनु

कहिले कहिं राम्ररी निन्द्रा नपर्दा आँखा सुन्नि सक्छ । ठीक त्यसैगरी शरीरमा आयोडिनको कमी हुँदा पनि आँखा सुन्निछ । त्यसैले यसलाई नजरअन्दाज नगर्नुहोस् । बरु, आफ्नो डाइटमा आयोडिनयुक्त नुन र समुन्द्री खाना धेरैभन्दा धेरै सामेल गर्नुहोस् ।

४. रंगहिन ओंठ

आइरनको कमीले तपाईको ओंठको रंग फिका हुनसक्छ । यसका साथै तपाईलाई हरेक क्षण जाडो महसुष हुन्छ । यसबाट बच्नका लागि डाइटमा सिमी, दाल, मासु, हरियो सब्जीको सेवन बढाउनुहोस् ।

५. गिजाबाट रगत बग्नु

यदि तपाइको गिजाबाट रगत निस्कन्छ भने त्यसले तपाईको शरीरमा भिटामिन- सिको कमी भएको दर्शाउछ । यसका साथै भिटामिन सिको कमीले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । मांसपेशीमा पीडा हुन्छ । भिटामिन सिको अभाव पुरा गर्नका लागि कागति, सुन्तला, किवी, रातो भेडे खुर्सानी जस्ता फल सेवन गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment