Comments Add Comment

‘संरक्षण’को चितवनमा प्रिमियर, मलिना र अशिष्मासहित को-को पुगे ?


साउन २७ गते अर्थात भोलीबाट देशभर हलमा रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’को रेड कार्पेट  प्रिमियर चितवनमा गरिएको छ । चितवनको क्यूएफएक्स जलमामा आयोजित  प्रिमियरमा चलचित्रका कलाकार, पत्रकार र दर्शक उपस्थित थिए ।

लक्की मिडिया हाउसले आयोजना गरेको  प्रिमियरपछि दर्शक र पत्रकारले चलचित्रको प्रशंसा गरेका छन् । ५ ‘पी’ को वरिपरी घुमेको यो चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।

जनआन्दोलन पछि देशमा देखिएको समस्यालाई चलचित्रले उठान गरेको छ । मधेसको मुद्दामा केन्द्रित चलचित्रको कथावस्तुलाई पत्रकारले राम्रो भनेका छन् । साथै, निर्देशक पुर्णेन्द्र झाले चलचित्र नगरिमा संभावना देखाएको पत्रकारले बताएका छन् ।

अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरिका साथमा चलचित्रका निर्माता प्रदिपकुमार उदय, नरेन्द्र महर्जन लगायतको उपस्थितीमा  प्रिमियर आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment