२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।
बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी हुन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ ।
बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्यान्ह मात्र काठमाडौं आइपुगेकी थिइन् ।
बिमस्टेक बैठकको साँझ सुरू भएको छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4