+
+

पोखरामा पहिरोले घर भत्कायो, ३ जना घाइते

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ साउन २७ गते ७:२२

२७ साउन, कास्की । पोखरा लेखनाथ महानगरपालिका–२६ मा गएराति पहिरोले घर भत्काउँदा ३ जना घाइते भएका छन् । लेखनाथ बरालडाँडामा राति करीब २ः३० बजे पहिरो जाँदा कुलदीप बरालको घर भत्केर भाडामा बस्दै आएका एकै परिवारका ३ जना घाइते भएका हुन् ।

पहिरोमा परी वीरबहादुर लामा, उनकी श्रीमती जमुना लामा र छोरा अञ्जन लामा घाइते भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते तीनै जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

झापा घर भएका लामा केही समयदेखि बरालको घर भाडामा लिएर बस्दै अाइरहेका थिए ।  घरधनी बराल भने केही समयअघि मात्रै नयाँ घरमा सरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?