Comments Add Comment

‘खरेल’ निखिल र ‘थारु’ सौगातको पावरफुल ‘संरक्षण’


आजबाट सोलो रिलिज भएको नेपाली चलचित्र ‘संरक्षण’ले पत्रकारहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाण्डौमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकारले यसको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् ।

नेपाली चलचित्र मायाप्रेमको कथावस्तुमा सिमित भएको समयमा ‘संरक्षण’ले देशको राजनीतिक कथावस्तुलाइ उठान गरेको छ । मधेसमा बसेर राजनीति गर्ने एक नेता र उसको प्रहरी प्रशासनसागको टकरावलाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । निखिल र सौगातको भूमिका पावरफूल छ । यस्तै, मधेसका नेताको भूमिकामा देखिएका कलाकार रमेश रन्जन झाको अभिनय पनि उत्कृष्ट छ । नायिका मलिना जोशी र अशिष्मा नकर्मीले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

पुर्णेन्द्र झाको निर्देशनमा तयार भएको चलचित्रलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, स्वेता शाह र नन्दु श्रीवास्तवले मिलेर बनाएका हुन् । पुर्णेन्द्रले करिब ४ बर्ष लगाएर यो चलचित्र निर्माण गरेका थिए । यसैले पनि उनको मिहिनेत चलचित्रमा देखिएको छ ।

यसैविच, सेन्सरले पास गरिसकेको चलचित्रलाइ आज बिहान गृहमन्त्रालयका ३ जना प्रतिनिधीले हेरेका थिए । उनीहरुले, चलचित्र हेरेको तर केही जवाफ नदिएको निर्माता उदयले बताएका छन् । चलचित्रको बिषयमा मन्त्रालयलका टिप्पणी पुगेपछि गृहमन्त्रालयका प्रतिनिधीले चलचित्र हेरेको उदयले बताएका छन् ।
नेपालको राजनीतिलाइ रोचक र मार्मिक तरिकाले उठान गरिएको यो चलचित्र दर्शकका लागि फ्रेस बिषय बन्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment