+
+

कंगना भन्छिन्-‘लडाइ मेरा लागि सामान्य भैसक्यो’

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २७ गते १२:४७


‘मैले जिन्दगीमा जे पाएँ सबै लडेरै पाएकी छु ।’ बलिउड चलचित्र उद्योगमा अरु भन्दा फरक शैलिमा प्रस्तुत हुादै आएकी नायिका कंगना रनौतले भनेकी छिन् । हिन्दी चलचित्र ‘सिमरन’को ट्रेलर सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै कंगनाले भनिन्-‘मेरो यात्रा अरुको भन्दा अलग र फरक छ ।’

हरेक चिज लडाइ गरेर मात्रै प्राप्त गरेको धारणा राख्ने कंगनाले आजकल त लडाइ आफ्नो लागि सामान्य भएको बताएकी छिन् । ‘लडाइ मेरो जिन्दगीको नियम नै भैसक्यो । आफ्नो अधिकारका लागि लड्दा मलाई डर लाग्दैन ।’ उनले भनिन् ।

नेशनल अवार्ड जितेका निर्देशक हंसल मेहताले कंगनासँग काम गर्न धेरै वर्षदेखि कुरेको धारणा राखे । निर्देशक मेहता सन् २०१४ देखि कंगनाको पछि लागेका थिए । केही कथा मध्ये ‘सिमरन’को कथा पढेर कंगना खुसी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?