Comments Add Comment

क्रान्तिकारी नेता भन्छन्- परम्परागत विद्यार्थी आन्दोलनको औचित्य छैन

२७ साउन, काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले अब परम्परागत विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको बताएका छन् । तामाङले यथास्थितिमा विद्यार्थी आन्दोलन लोप भइसकेको डाइनोसर जस्तै बन्ने खतरामा रहेको बताएका छन् ।

अखिल क्रान्तिकारी शंकरदेव क्याम्पसद्वारा आयोजित दुई दिने शेयर तालिम कार्यक्रमको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै तामाङले भने, ‘विद्यार्थी आन्दोलन अब पुरानो घिसिपिटी पारेर चल्दैन ।’

आउँदो भदौ ७ गते काठमाडौंमा प्रारम्भ हुने क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा अध्यक्ष पदका प्रत्यासी समेत रहेका तामाङले सम्मेलनबाट विद्यार्थी आन्दोलनको नयाँ मार्गचित्र कोरिने बताए ।

‘पुरानै ढर्रामा कायम रहने हो भने विद्यार्थी आन्दोलन लोप हुने खतरा छ,’ तामाङले भने, ‘अब पञ्चायतकालिन मोडलको हैन, संघीय गणतन्त्रकालिन विद्यार्थी आन्दोलन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment