२७ साउन, सुर्खेत, । वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा आईसीयु सेवा सञ्चालनमा ल्याइएको छ ।
स्वः नन्दबहादुर कार्कीको स्मृतिमा श्रीमती थिरकुमारी कार्कीको सहयोगमा आईसीयू सेवा सञ्चालनामा ल्याइएको हो ।
थिरकुमारीले करिब ४३ लाखको सहयोगपछि आफूहरु समयमै आईसीयू सेवा स्थापना गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।
बिरामीलाई आफूहरुले अन्य अस्पतालभन्दा कम मूल्यमै आईसीयू सेवा दिने उनले वताए ।
‘यस क्षेत्रका बिरामी आईसीयू सेवाका लागि टाढा जानुपर्ने समस्या थियो,’ खड्काले भने, ‘अव यही अस्पतालबाट नै उत्कृष्ट सेवा दिने प्रयास गरिने छ ।’ बिरामीलाई गुनासोरहित सेवा दिन आफूहरु प्रयासरत रहेको उनको भनाइ छ ।
आईसीयू सेवा उद्घाटनपछि बोल्दै क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईँले क्षेत्रीय अस्पतालबाटै सबै सेवा बिरामीलाई प्रदान गरियो भने सुर्खेतसहित कर्णाली भेगका नागरिकलाई बाहिर जानु नपर्ने बताए ।
पछिल्लो समय मध्यपश्चिम क्षेत्रीय अस्पतालले आफ्नो सेवा सुविधालाई विस्तार गर्दै गएको छ ।
प्रतिक्रिया 4