+
+
Shares

पाँचथरमा पहिरो, चार जनाको मृत्यु

 रविन भट्टराई रविन भट्टराई
२०७४ साउन २७ गते १८:०५
पाँचथरमा झरेको पहिरो । फाइल तस्वीर

२७ साउन, ताप्लेजुङ । पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका तीन सहित चारजनाको मृत्यु भएको छ । पहिरोमा परेर एक महिला घाइते भएकी छन् भने दुई घरमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा फालेलुङ-३ ताङ्लेपाका विष्णु भक्त राई उनकी छोरी गंगामाया र नातिनी पि्रया राई रहेको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई सामान्य घाइते भएकी छन् । शौचालय गएको बेला पहिरो झरेकाले आफू बँचेको उनले बताइन् ।

चुक्पादिन भन्ने स्थानमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो ।

यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको छ । शुक्रबार बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शव भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको थियो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।

लगातार परिरहेको पानी र ठाउँ-ठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुंखिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छन् । प्रहरी भने अझै घटनास्थलमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?