Comments Add Comment

छाता चुनाव चिन्ह माग गर्दै राजपा नेता निर्वाचन आयोगमा

२७ साउन, काठमाडौं । चुनावमा जाने सहमति भएसँगै राष्ट्रिय जनता पार्टी छाता चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

सत्तारुढ दल र राजपा शीर्ष नेताहरुबीच शुक्रबार विहान भएको वार्तामा संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति भएको थियो । यससँगै राजपा चुनावमा आउन तयार भएको छ ।

लगतै राजपा शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । उनीहरुले आसन्न चुनावमा आफूहरुलाई प्रस्तावित छाता चुनाव चिन्ह दिन माग गरेका छन् ।

तर, आयोगले प्रदेश २ को स्थानीय चुनावमा छाता चिन्ह दिन नसकिने जवाफ दिएको छ ।

अब राजपाले एकता प्रक्रियामा आएका ६ दलमध्ये कुनै एकको चुनाव चिन्ह रोज्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment