२९ साउन, कैलाली । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि मुआब्जा वितरण प्रक्रिया अगाडि बढेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले प्रतिकठ्ठा खेतको तीन लाख, कच्ची सडकको पाँच लाख, ग्राभेलको सात लाख र पक्की सडकले छोएको जग्गाको १२ लाख रुपैयाँ तोकेको छ ।
जग्गाधनीहरुलाई मुआब्जा लिन आउन सार्वजनिक सूचना प्रकाशित गरिसकिएको छ । विमानस्थल आसपासको १७ विघा तीन कठ्ठा ११ धुर अधिग्रहण गर्न लागिएको हो ।
विमानस्थल प्रमुख छवि ठकुल्लाका अनुसार स्तरोन्नतिपछि भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) र डिस्ट्यान्ट मिजरिङ इक्विपमेन्ट (डीएमई) उपकरण जडान थालिने छ । दुवै उपकरण जडानका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका)ले जग्गा माग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4