Comments Add Comment

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सुत्केरी विदा बढायो, पुरुष कर्मचारीलाई २ साता

२९ साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सुत्केरी विदा बढाएको छ । बैंकले महिला कर्मचारीको लागि दिदै आएको ९० दिनको विदा अवधि बढाएर २० हप्ता (१ सय ४० ) पुर्याएको छ ।

यस अवधिमा महिला कर्मचारीले पुरै तलब पाउने छन् । त्यस्तै, यो सुविधा पुरुष कर्मचारीले पनि पाउने भएका छन् । पुरुष कर्मचारीले पिता हुँदा २ हप्ताको तलबी विदा पाउने भएका छन् । त्यस्तै, धर्मपुत्र , धर्मपुत्री लिदा पनि कर्मचारीहरुले २ हप्ताको विदा पाउने भएका हुन् ।

यस्तो नीतिले कर्मचारीहरु प्रोत्साहित हुने र उनीहरु आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहने छन् भन्ने अपेक्षा बैंकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment