Comments Add Comment

राजेन्द्र पाण्डेले देउवालाई भने-मनमोहन मेडिकल कलेज सरकारलाई बेच्दैनौं

२९ साउन, काठमाडौं । प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सरकारले किन्ने प्रयास असफल भएको छ ।

२१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मनमोहन मेडिकल कलेज सरकारले नै किन्ने प्रस्ताव राखेका थिए । यसबारे छलफल गर्न बसेको कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकबाटै एमाले अध्यक्ष केपी ओली र मनमोहन मेडिकल कलेज सञ्चालन गर्न खोजेको नेपाल हेल्थ केयर कोअपरेटिभ लिमिटेडका अध्यक्ष राजेन्द्र पाण्डेलाई पनि बोलाइएको थियो ।

तर, ओली राजधानी बाहिर भएका कारण आएनन् । उनीसँग टेलिफोनमा कुराकानी भएको र, उनले सम्वन्धित संस्थालाई नै सोध्नु पर्ने जवाफ दिएका छन् ।

पाण्डेले भने आफूहरुको उद्देश्य कलेज सञ्चालन गर्ने हो भन्दै सरकारलाई नबेच्ने जवाफ दिएइका छन् ।

अब सत्तारुढ दलका शीर्ष नेताहरुले नै डा. केसी र उनको टिमसँग कुराकानी गर्ने र बालुवाटार सहमति अनुसार नै समाधान खोज्ने एक नेताले बताए ।

बालुवाटार बैठकमा संशोधनसहित चिकित्सा शिक्षा विधेयक अघि बढाउने र डा. केसीको अनसन तोड्ने समझदारी भएको थियो । त्यसअनुसार संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले विधेयक पनि पास गरेको छ । तर, डा. केसीले अनसन तोडेका छैनन् ।

बालुवाटार समझदारी अनुसार विधेयक पास नभएको डा. केसी समूहको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment