+
+
Shares

नेपालका बाढी पहिरो पीडितलार्इ अस्ट्रेलियामा राहत संकलन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते १९:३६

सिड्नी । नेपालमा बाढी पहिरो तथा डुबानमा व्यापक धनजनको क्षति भएकोमा दु:ख ब्यक्त गर्दै अस्ट्रेलियामा राहत संकलन भएको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष अस्ट्रेलिया निवासी शेष घले तथा उनकी श्रीमती जमुना घलेद्वारा संचालित एमआर्इटी फाउन्डेसनका तर्फबाट एक करोड रकम राहत दिने घोषणा भएको छ भने एनआरएन अस्ट्रेलियाले राहत रकम संकलन सुरु गरेको एनआरएन अस्ट्रेलियाका युवा संयोजक धर्मराज अधिकारीले अनलाइनखबरलार्इ बताए  ।

एनआरएन अस्ट्रेलियाले संकलन गर्ने रकम अन्तर्रास्ट्रिय समितिको राहत तथा उद्दार कोषलार्इ हस्तान्तरण गरिने छ । अस्ट्रेलियामा व्यक्तिगत, संस्थागत तथा व्यसायीहरुले राहत रकमको घोषणा गरेका छन् ।

एसोसियसन अफ नेपाल तरार्इ इन अस्ट्रेलियाले गो फन्ड मार्फत राहत रकम संकलन गरेको अध्यक्ष सुभंश साहले बताए । त्यस्तै झापाली समाज अस्ट्रेलिया, खेम्स क्लिनिंग अस्ट्रेलिया, मुग्लान फाउन्डेसन लगायय संस्थाहरुले पनि राहत रकम घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?