Comments Add Comment

प्रिमियर लिगमा टोटनहृयामको विजयी सुरुवात

२९ साउन, काठमाडौं । न्यूक्यासललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा टोटनहृयामले न्यूक्यासललाई २-० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा न्यूक्यासलले भ्रमणकारी टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्यो । तर, दोस्रो हाफको सुरुमा नै १० खेलाडीमा सिमित भयो । उसका शेल्भीले रातो कार्ड पाए ।

त्यसको फाइदा उठाउँदै टोटनहृयामका डेल अलीले ६१ औं मिनेटमा गोल गरे । ९ मिनेटपछि बेन डेभिसले गोल गर्दै जित सुनिश्चित गरे ।

२०१५/१६ को सिजन रेलिगेशनमा परेको न्यूक्यासलले लिगमा फर्किएपछिको पहिलो खेलमा टोटनहृयामलाई खासै दबाव दिन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment