+
+
Shares

जिसस बैतडीमा कांग्रेस–माओवादी गठबन्धन विजयी

रासस रासस
२०७४ साउन ३० गते ९:१५

३० साउन, बैतडी। जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ ।

जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो ।

आइतबार भएको निर्वाचनमा उपसंयोजकमा नेकपा (माओवादी केन्द्र) बाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारी विजयी भएका छन् भने महिला सदस्यका लागि नेपाली कांग्रेसका हरु जोशी , गीता जोशी तथा नेकपा (माओवादी केन्द्र) का कुमारी हेमा भट्ट कपाडी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर २० मतमध्ये १२ मत र एमालेसँग आठ मत थियो ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?