Comments Add Comment

बाढीपीडितका लागि पूर्वराजाले गरे ईश्वरसँग प्रार्थना

राहतको घोषणा हिमानी ट्रष्टले गर्ने

३० साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । साथै उनले बाढीपीडितहरुमा विपत्तिको सामना गर्ने सफलताका लागि ईश्वरसँग प्रार्थनासमेत गरेका छन् ।

पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’

बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ- ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ ।’

पूर्वराजाका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ- ‘यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताकाे लागि ईश्वरसँग मौसुफबाट  प्रार्थना गरिबक्सेको छ ।’

ईश्वरसँग पार्थना गरेका पूर्वराजा आफैंले भने पीडितका लागि कुनै आर्थिक वा भौतिक सहायताको घोषणा गरेका छैनन् ।

तर, यस्तो सहायताका लागि हिमानी ट्रष्टले तयारी गरिरहेको पूर्वराजा ज्ञानेन्द्रको निजी सचिवालयका फणि पाठकले अनलाइनखबरलाई बताए ।
पाठकले भने- ‘हिमानी ट्रष्टले राहत वितरणको तयारी गरिरहेको छ । उसले चाँडै घोषणा गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment