+
+
Shares

साउने सोमबारको व्रत समाप्त, शिवालयमा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते ११:११

३० साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, हरेक सोमबार जस्तै आज पनि शिवालयहरुमा श्रद्धालुको घुइँचो छ ।

व्रतालु महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्नाले पतिको दिर्घायू र सुखशान्ति मिल्ने धार्मिक विश्वास छ ।

साउन महिनाको अन्तिम सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपति, डोलेश्वर, कुम्भेश्वर, देवघाट, त्रिवेणी लगायतका क्षेत्रमा ठूलो घुइँचो लागेको छ ।

यस वर्षको साउन महिनामा पाँचवटा सोमबार परे । पाँचवटा सोमबार परेको महिनालाई अझै पवित्र र शुभ मानिन्छ । साउन महिनाको सोमबारलाई शिवको प्यारो दिन भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?