Comments Add Comment

गुल्मी कालीगण्डकी गाउँपालिकावासी सञ्चार सम्पर्कबाट बञ्चित

३० साउन, गुल्मी । ठेकेदारले समयमै टावर निर्माण नसक्दा गुल्मी कालिगण्डकी गाउँपालिकावासीले सास्ती व्यहोर्नुपरेको छ । कहिलेकाहीँ लाग्ने सिडिएएमए फोन पनि वर्षाका कारण अबरुद्ध हुँदा गाउँको सञ्चार सम्पर्क पनि बिच्छेद भएको छ ।

गाउँपालिकाको केन्द्र पूर्तिघाटमा सञ्चारले कामै नगर्नाले केन्द्रमा भएका गतिबिधिहरु सहज रुपमा थाहा पाउन कयौं दिन लाग्ने गरेको छ । जिल्ला भित्रका सडक सामान्य अवस्थामा सञ्चलन भउ पनि सदरमुकाम तम्घासबाट त्यहाँ पुग्न ५ घण्टा लाग्छ ।

जिल्ला भित्रका सड्क बन्द भएको अबस्थामा गुल्मी हुँदै पाल्पाबाट स्याङजा भएर उक्त स्थानमा पुग्न सकिन्छ । जिल्ला शिक्षाका केही सुचनाहरु पाउनका लागि पनि हप्तौ सम्म लाग्ने शिक्षक राम प्रसाद पराजुलीले बताए ।

घाम लागेको समयमा सिडीएमए फोनले काम गर्छ तर वर्षायाममा घाम पनि नलाग्ने भएकाले सम्पर्कबिहीन हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

कहिलेकाहीँ त फोनले काम गर्छ कि भन्दै डाँडा खोज्दै जानु पर्ने अबस्था रहेको स्थानीय रुद्र पाण्डेयले बताए । कालिगण्डकी गाउँ पालिका हर्मिचौर १ देउराली माध्यमिक बिधालयका स्थानीय शिक्षक प्रेम पाण्डेले भने ‘गाउँपालिकाको केन्द्रमानै फोनले काम नगर्दा केन्द्रमा भए गरेका गतिबिधिहरु थाहा पाउन सकिने अबस्था छैन् ।’

कालिगण्डकी गाउँपालिकका प्रमुख बेद थापामगरले सडक र सञ्चारको समस्या जति सक्दो छिटो समाधान गर्ने तर्फ लागेको बताए । वषर्ातले मोवाइल फोनको टावर निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि पाल्पाबाट प्राबिधिकको टोली आई जडान गर्ने ढिलाई भएको छ । असार १४ मा भएको दोस्रो स्थानीय तहको निर्वाचनको मतमगणनाको नतिजा सार्वजनिक हुन अधिक समय लागेको थियो ।

नेपाल टेलिकम गुल्मीका प्रमुख उमानाथ पोखरेलका अनुसार कालिगण्डकी गाउँपालिका केन्द्र रहेको पूर्तिघाटमा टेलीफोन सम्पर्क नहुने समस्या पहिलेदेखिकै हो । ठेक्का सम्झौता अनुसार यो समस्या २ वर्षअघि नै सुल्भिmसक्नु पर्ने हो । केन्द्रबाटै टेन्डर भएकाले यस बारेमा आफू त्यति जानकारी नभएको उनको भनाइ रहेको छ । त्यसको बारेमा क्षेत्रलाई आफ्नो र गुल्मी कार्यलयको तर्फबाट बारम्वार जानकारी गराएको पोखरेलले जानाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment