+
+
Shares
बाढीको पीडा :

जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ भएन …

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १५:२०

३० साउन, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा ।

निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको शव पुर्ने पर्ने हो । तर, जलमग्न भएको गाउँमा कमलको शव पुर्ने ठाउँ परिवारले पाएन ।

परिवारका सदस्यहरुले उनको शवलाई कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् । उनले कमलको शवलाई कोशीमा बहाइदिए ।

यो तस्वीर युरोपियन प्रेस एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?