Comments Add Comment

बिद्यार्थी संगठनहरुले बाढी पीडितको उद्धार र राहतमा सम्पूर्ण जनशक्ति परिचालन गर्ने

३० साउन, काठमाडौं । बिभिन्न राजनीतिक दलनिकट संयुक्त बिद्यार्थी संगठनले तराईका जिल्लामा बाढी र डुवानमा रहेका तराईका जिल्लाहरुमा राहत र उद्धारका लागि जनशक्ति परिचालन तीव्र बनाउने भएका छन् ।

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा बसेको संयुक्त बिद्यार्थी संगठनको बैठकले बाढी प्रभावित २६ जिल्लालाई केन्दि्रत गरी राहत र उद्धारका लागि आ-आफ्नो संगठनमार्फत परिचालित हुने निर्णय गरेको छ ।

त्यस्तै पीडितलाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोकाहरु खोल्न कुटनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको अनेसास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

अखिलको केन्द्रीय कार्यालयमा बसेको बैठकले बिद्यार्थी संगठनहरूको तर्फबाट ३ लाख ५० हजारको राहत कोष स्थापना गरिएको लामिछानेले जानकारी दिए ।

बिद्यार्थी संगठनले जननिर्वाचित सांसद र स्थानीय तहका प्रतिनिधिहरुले १ महिनाको र राष्ट्रसेवक कर्मचारीले एक साताको तलव सरकारी राहत कोषमा जम्मा गर्न अपील गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment