+
+

नेशनल हाइड्रोपावरमा नयाँ सञ्चालक समिति, हाथवे प्रतिनिधिको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १४:४०


३१ साउन, काठमाडौं । पटक पटक विवादित बन्दै आएको नेशनल हाइड्रोपावर कम्पनीमा नयाँ सञ्चालक समिति चयन भएको छ ।

हाथवे इन्भेष्टमेन्टबाट समेत प्रतिनिधित्व रहने गरेर सञ्चालक समिति सर्वसम्मतले चयन भएको हो । कम्पनीको २० औं साधारण सभाले समिति सदस्य चुनेको हो ।

कम्पनीको सञ्चालक समितिमा हाथवे इन्भेष्टमेन्टका नवराज नेपाल पनि पुगेका छन् । उनकै नेतृत्व (अध्यक्षता) कम्पनीमा रहने खबरहरु आएपनि नेपालले हाल यसको टुंगो नलागेको बताएका छन् ।

‘वहाहरुबाट जोड भइरहेको छ तर अहिले हामीले यस विषयमा टुंगो लगाएका छैनौं,’ नेपालले भने । समितिमा एनबी समूहको तर्फबाट एल्सन श्रेष्ठ, सोमनाथ सापकोटा पुगेको बुझिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिमा रहेका विश्वेश्वर सुवेदी र इन्जिनियर कुमार पाण्डे पनि नयाँ समितिमा रहने भएका छन् । त्यस्तै समितिमा बासुदेव गौतम र सुशिला कुमारी शर्मा रहेका छन् ।

विज्ञ सदस्यहरुको रुपमा अन्य दुई सञ्चालक भने चयन हुँन बाँकी रहेको छ । हाथवेको प्रवेशसँगै कम्पनीमा सुधार हुने अपेक्षा लगानीकर्ताहरुले गरिरहेका छन् ।

हाथवे इन्भेष्टमेन्टका अध्यक्ष अम्बिका पौड्यालले भने जलविद्युत क्षेत्रमा समूहको प्रवेश भएको रुपमा यसलाई नलिन र कम्पनी सुधारको लागि यो कदम चालिएको बुझ्न आग्रह गरे । हाथवेको सेयर, बिमा, बैंक, केबुल कार कम्पनी लगायतका क्षेत्रमा लगानी रहदै आएको छ ।

नेशनल हाइड्रोले सुनकोशी हाइड्रोवापर कम्पनीको तल्लो इन्द्रावती आयोजना हालै सकारेको छ । यही कारण कम्पनी गत आवमा नोक्सानमा रहेको बुझिएको छ ।

याे पनि हेराैं :

सुनकोशी हाइड्रोपावर कम्पनीले बनाउन लागेको तल्लो इन्द्रावती सुरु गर्न अनेकौं प्रयास 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?