+
+
Shares

मलाई ‘एक्सन’ फिल्म मनपर्छ, मेरा कारणले पनि दर्शक हलमा आउनुहुन्छः शिल्पा पोखरेल

'छविसँग यो बर्ष नै बिहे गर्छु'

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १६:०१

नायिका शिल्पा पोखरेललाई निर्माता छविराज ओझाको ब्यानरमा मात्र काम गर्दै आएको आरोप लाग्दै आएको थियो । छविको ब्यानर बाहेक अन्य ब्यानरका चलचित्रमा शिल्पा सफल नभएको टिप्पणी पनि गरिन्छ ।

तर, अहिले शिल्पा धमाधम छविको ब्यानर बाहिरको चलचित्रमा काम गरिरहेकी छिन् । राजबहादुर सानेको निर्देशनमा तयार भैरहेको चलचित्र ‘विरङ्गना’मा नायिका पोखरेल सशस्त्र प्रहरीको भूमिकामा छिन् । यो चलचित्रमा उनलाइ अनुपविक्रम शाहीले साथ दिएका छन् ।

शिल्पासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

तपाइ किन सधै एक्सन चलचित्रमा काम गर्न रुचाउनुहुन्छ, यो प्रश्नमा शिल्पाले भनिन्-‘त्यस्तो होइन, कलाकार भएपछि सबै भूमिकामा काम गर्नुपर्छ । तर, मलाई रोमान्टिक भन्दा एक्सन चलचित्रमा काम गर्न बढी मन लाग्छ ।’ शिल्पाले आफूलाइ एक्सन भूमिका सुहाउने पनि बताइन् ।

शिल्पाले एक्सन दृश्य गर्नका लागि गाह्रो हुने बताइन् । तर, सेफ्टी प्रयोग गरिएको खण्डमा भने जस्तो पनि एक्सन गर्न सकिने उनले बताइन् । शिल्पाले दर्शक आफ्नो स्टारडमका कारण पनि हलमा आउने सुनाइन् । शिल्पाले आफूलाई सबैभन्दा पहिला कुनै चलचित्रमा काम गर्न कथा नै उत्कृष्ट हुनुपर्ने बताइन् । चलचित्र ‘मंगलम’को पोष्ट प्रोडक्शनको काम नसकिएका कारण असोज ११ गते नै रिलिज हुन्छ भनेर भन्न नसकिएको शिल्पाको भनाइ थियो । उनी, यो चलचित्रको सह-निर्माता समेत हुन् ।

निर्माता छविराज ओझासँग आफूले अहिलेसम्म बिहे नगरेको बताउने शिल्पाले यो बर्ष नै बिहे गर्ने समेत सुनाइन् । घर परिवारसँग कुराकानी भैसकेको भन्दै उनले यो बर्ष बिहे गर्ने सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?